
काठमाडौं । रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन् । भन्सार प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
रसुवागढी भन्सारमा कुल ३६ स्थायी दरबन्दी थियो । यस भन्सारमा चार जना करार र ज्यालादारी कर्मचारी रहेकोमा १ जना सम्पर्कमा आएका छन् ।
बाँकी ११ स्थायी कर्मचारी र ३ जना करार तथा ज्यालादारी कर्मचारीको खोजी जारी रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।














