Logo
Logo

सेनाले गर्यो रसुवाबाट १२ जनाको उद्धार


0
Shares

काठमाडौं । नेपाली सेनाले रसुवास्थित भोटेकोशी बाढीमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार गरेको छ ।

सेनालाई उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार स्याफ्रुबेँसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भएको हो ।

उक्त इलाकामा नेपाली सेनाका चार र निजी कम्पनीका ८ गरी जम्मा १२ वटा हेलिकप्टर उद्धार कार्यमा पठाइएको छ ।

सेनाको मेडिकल टीमद्वारा त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्