Logo
Logo

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७ जना पुग्यो


0
Shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर सात जनाको मृत्यु भएको छ । बुधबार मध्याह्नसम्म सात जनाको शव भेटिएको बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिए । उनका अनुसार, नुवाकोटको नदी किनारमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको छ ।

बाढी आएपछि भागेर पहाडतिर गएकाहरूलाई धुन्चेमा ओसार्ने काम भइरहेको प्रहरीले जनाएको छ । ‘अहिले हामी घाइतेको उद्धार र फेला परेका शव संकलन गरिरहेका छौँ । हराएका मान्छेहरूको खोजतलास पनि भइरहेको छ,’ उनले भने ।

घाइतेलाई धुन्चे अस्पतालमा ल्याउन थालिएको छ । त्रिशुली अस्पताललाई बेस बनाएर हेलिकप्टरमा उद्धार भइरहेको र त्यहाँबाट एम्बुलेन्समा काठमाडौँ ल्याउने गरी तयारी गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्