Logo
Logo

चीनले सूचना दियो– पहिरोले पुरिएको ताल पूरै खुलेन, नेपालमा बाढीको जोखिम कायमै


0
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकणले भोटेकोसी नदीमा फेरि बाढी आउने जोखिम रहेको बताएको छ ।

प्राधिकरणका अनुसार चिनियाँ अधिकारीहरूले अझै पनि बाढीको जोखिम रहेको जानकारी दिएका हुन् । बुधबार दिउँसो १ः ३५ बजे चिनियाँ अधिकारीहरूले पठाएको सूचनामा पहिरोले नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखुलेको उल्लेख छ । जसले गर्दा अझै पनि भोटेकोसी र त्रिशुली नदी आसपासको क्षेत्रमा जोखिम कायमै रहेको छ ।

प्राधिकरणले भनेको छ, ‘चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्