Logo
Logo

रसुवा बाढी प्रभावितलाई गैरआवासीय नेपाली सङ्घको पाँच करोड सहयोग गर्ने घोषणा


0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गैरआवासीय नेपाली सङ्घले दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: nrna-14.jpg

सङ्घले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सङ्घका अध्यक्ष डा। हेमराज शर्माको संयोजकत्वमा राहत तथा उद्धार मूल समिति गठन गर्दै आर्थिक सहयोग संकलन, स्वयंसेवक परिचालन तथा राष्ट्रिय समन्वय परिषद् परिचालनका लागि छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय गरिएको छ ।

प्रभावित क्षेत्रमा चिकित्सकीय टोली र स्वयंसेवक तत्काल परिचालन गर्ने तथा राष्ट्रिय समन्वय परिषद्मार्फत पनि उद्धार र राहतका लागि सहयोग जुटाउने सङ्घले जनाएको छ ।

सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनामा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै सङ्घले आफ्ना पदाधिकारी तथा सदस्यलाई राहत कार्यमा सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्