
काठमाडौं । भोटेकोशी बाढीबाट बगाएर ल्याएको शवबाट कानमा भएको सुनको मुन्द्रा लुछ्ने २ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो दुईजना पक्राउ परेका हुन् ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार कानको मुन्द्रा तान्ने नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका– १ चितवन लीलाचोक मामाघर बस्ने २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका– ५ चाँदबेला घर भई भरतपुर–२ पोखरा बसपार्क सुपारी टोल बसोबास गर्ने ३८ वर्षीय उमेश चौधरी छन् ।
उनीहरू दुवै जनालाई सामाजिक सञ्जालमा भाइरल भएको भिडिओको आधारमा पहिचान गरी पक्राउ गरिएको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।















