Logo
Logo

सेनाको हेलिकप्टरले गर्यो टिमुरे, धुन्चे र हाकुबेँसीबाट थप १८३ जनाको उद्धार


315
Shares

काठमाडौं । नेपाली सेनाले रसुवा बाढीका कारण अलपत्रमध्ये आज आइतबार बिहान थप १८३ जनाको उद्धार गरेको छ ।बिहान ११ बजेसम्म नेपाली सेनाका हेलिकप्टरबाट टिमुरे, धुन्चे र हाकुबेँसी क्षेत्रबाट ४ चिनियाँसहित जम्मा १८३ जनाको उद्धार गरिएको हो ।

त्रिशूली–३ हाइड्रो पावरको टनेलमा फसेकाहरूको उद्धारका लागि भदौ १२ गतेदेखि अस्थायी रूपमा बसेको संयुक्त टोलीमा विशेषज्ञ टोली थप गरी ९३ जना ड्रिलिङ मेसिन, स्काभेटर, हाईड्रोलिक कटरलगायत सामग्रीसहित घटनास्थलमा खटिएका छन्।

बाढीको बहाब कम भएपछि टनेलको प्रवेशद्वार पत्ता लगाउने काम सुरु गरिएको नेपाली सेनाले जानकारी दिएको छ । साथै प्रभावित जिल्लाहरूमा नेपाली सेनाको ८ हजार ४ सयभन्दा बढी फौज खटिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्