Logo
Logo

विष्णुमती नदीको जल सतह खतरा नजिक


0
Shares

काठमाडौं । काठमाडौंमा अहिले भारी बर्षा भइरहेको छ । साँझदेखि परेको बर्षाले काठमाडौं उपत्यकाका खोलानालामा बाढीको स्तर बढाएको छ ।

The current image has no alternative text. The file name is: Bishnumati.jpg

यसैक्रममा काठमाडौंस्थित विष्णुमती नदीको जल सतह खतराको तह नजिक पुगेको छ । बाढी पूर्वानुमान महाशाखाको सूचनाका अनुसार गोंगबु जलमापन केन्द्रले विष्णुमतीको जल सतह खतरा तह नजिक मापन गरेको छ ।

बाढी बढिरहेकाले नदीको तल्लो तटिय क्षेत्रका बासिन्दा बिहानसम्मै उच्च सतर्क रहन बाढी पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्