Logo
Logo

कर्मचारी सञ्चय कोषद्वारा बाढी प्रभावितलाई दुई करोड ५० लाख सहयोग


126
Shares

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले दुई करोड ५० लाख आर्थिक सहयोग गरेको छ । कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

कोष सञ्चालक समितिका अध्यक्ष भूपाल बराल, कोषका प्रशासक विजयकुमार श्रेष्ठलगायत कोषका वरिष्ठतम् अधिकृतहरूले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा रू. दुई करोड ५० लाखको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।

१० गते एक्कासी आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्