Logo
Logo

सामन्ती राजाले रानीपोखरी वनाए, तर गणतन्त्रका “छोटेराजाहरु” ले पुननिर्माण सम्म पनि गर्न सकेनन्


- दृष्टि न्युज/संवाददाता



कान्तिपुरका तात्कालिन राजा प्रताप मल्लले रानी पोखरी वनाउन लगाएको इतिहासमा पढ्न पाइन्छ । विसं १७२७ मा ती सामन्ती राजाले आफ्नो छोरोको मृत्युमा शोकमग्न रानीको लागि यो रानी पोखरी वनाउन लगाएको इतिहासले भन्छ । यस पोखरीमा राजा प्रताप मल्लले कयौं तीर्थस्थलको जल ल्याएर राखेको रानीपोखरीमा रहेको एक सिलालेखमा पनि उल्लेख छ ।

जब २०७२ को महाभूकम्पले रानीपोखरीको वीचमा रहेको वालगोपालेश्वर मन्दिर भत्क्यो, त्यसपछि रानीपोखरीको पुनर्निमाणको कहानी शुरु भयो । रानीपोखरीको पुनर्निमाण गर्ने जिम्मा काठमाण्डौ महानगरपालिकाले लियो ।

तर अहिले २०७५ साल पनि जान लागि सक्यो, रानीपोखरीको पुननिर्माण भएकोछैन । राजधानीको केन्द्रमा पर्ने यो पोखरी सुकाइएकोछ । उराठलाग्दो पोखरी र भत्केको वीचको मन्दिर हेदैं सवै वटुवाले यति पनि गर्न नसक्ने सरकार भनेर मनमा गुन्ने गर्छन् । कोही सरकारलाई आलोचनाका केही शब्द निकालेर हावामा फाल्छन् । तर सरकार सुतिरहेकोछ । सरकार आफ्नै धुनमा छ ।

यहि माघ १४ गतेको मन्त्रीपरिषद वैठकले रानीपोखरी पुननिर्माणको जिम्मा राष्ट्रिय पुनर्निमाण प्राधिकरणलाई दिने निर्णय गरेको समाचार सार्वजनिक भएकोछ । कामपाले नगरेको र नसकेको हो भने उसलाई सजायँ दिने निर्णय सरकारले किन गरेन भन्ने प्रश्नको उत्तर छैन ।

पुननिर्माण प्राधिकरणले जिम्मा लिएका संरचनाहरुको स्थिति पनि त्यस्र्तै छ । विश्व चर्चित सम्पदाहरु भत्केकै स्थितिमा छन् । राष्ट्र बैंकको भवन सम्मपनि प्राधिकरणले वनाउन सकेको छैन ।

भन्नलाई कामपा र प्राधिकरणले अरु निकायहरुले सहयोग नगरेको, विपक्षीले विवाद निकालेको, सरकारका अरु निकायहरुले पनि विवाद निकालेको आदि वहाना प्रचारवाजी गरेको धेरै भैसक्यो । तर पाँच जना विशिष्ट श्रेणिको सचिव भएको प्रधानमन्त्री कार्यालयले त्यस्ता अन्तरसरकारी कार्यालयहरुको विवाद छिटो हल गर्न पर्नेमा केही पहल गरेको देखिएन ।

त्यो वेलाको कान्तिपुरका राजा प्रताप मल्ल अहिलेका कामपा मेयर भन्दा पनि कम श्रोत साधन भएका र कम शक्ति भएका सामन्ती राजा थिए । त्यो वेला कान्तिपुरको जनसंख्या एक लाख पनि थिएन । कामपाका मेयर त्यो वेलाको कान्तिपुरको सामन्ती राजा भन्दा सयौं गुणा शक्तिशाली र श्रोत साधन भएको पद हो । प्राधिकरण त प्रताप मल्ल भन्दा हजारौं गुणा शक्तिशाली छ । अहिलेको सरकार त लाखौं गुणा शक्तिशाली छ । तर किन एक सामन्ती राजाले वनाएको रानी पोखरी मरमत गर्न सम्म पनि सक्दैन ?

यसको अर्थ हो गणतन्त्रका छोटे वढे “राजाहरु” नालायक सावित हुँदैछन् ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्