
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूमा भइरहेको खोज तथा उद्धार प्रगतिबारे जानकारी लिएका छन् ।
ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीले खोज तथा उद्धारको पछिल्लो प्रगति विवरण मन्त्रीद्वय श्रेष्ठ र लम्साललाई ब्रिफिङ गरेका हुन् । उनीहरुले बाढीबाट प्रभावित हरेक जलविद्युत आयोजना र सुरुङमार्गमा चलिरहेको अपडेट लिएका थिए ।
उद्धार अभियानबारे जानकारी लिँदै मन्त्रीद्वय श्रेष्ठ र लम्सालले आगामी रणनीतिबारे छलफल गरेका छन् । ब्रिफिङमा प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह पनि सहभागी थिए ।














