Logo
Logo

चीनले पठाएको राहत, फरेन्सिक विज्ञ र बेली ब्रिज काठमाडौं आइपुगे


0
Shares

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रका लागि चीनले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ‘वाई–२०ए’ ठुलो क्षमताको मालवाहक विमानमार्फत चीनबाट सो राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

उक्त विमानबाट नेपालका लागि चिनियाँ विज्ञ टोलीको चौथो खेपअन्तर्गत १० जना फरेन्सिक विज्ञसमेत नेपाल आएका छन् । उनीहरूले बाढीमा ज्यान गुमाएकाहरूको पहिचान प्रक्रियामा नेपाल सरकारलाई प्राविधिक सहयोग गर्नेछन् ।

विमानस्थलमा चिनियाँ राजदूत झाङ माओमिङले राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरे । चीनबाट ल्याइएका राहत सामग्रीमा शव राख्ने फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणका सामग्री र दैनिक उपभोग्य वस्तुहरू छन् ।

तेस्रो चरणको राहत सामग्रीमा विपद् उद्धार तथा पुनःस्थापनाका लागि नेपाललाई अत्यावश्यक रहेका बेली ब्रिजसमेत समावेश गरिएका छन् । पहिलो चरणमा उपलब्ध गराइने बेली ब्रिज जडानका लागि आवश्यक पर्ने विशेष उपकरणहरू भने स्थलमार्ग हुँदै लिजी–नेचुङ सीमा नाकामा आइपुगेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्