Logo
Logo

मैवाखोलाले बगाउँदा बेपत्ता भएका दुवै जना सम्पर्कमा


0
Shares

काठमाडौं । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङपाङदेखि गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्रयाक्टर पल्टिइ मैवाखोलाले बगाउँदा बेपत्ता भएका दुई जना सम्पर्कमा आएका छन् ।  चालक समिर बराइली र ट्याक्टरमा सवार अनिल नाल्वो सकुशल सम्पर्कमा आएका हुन् । 

The current image has no alternative text. The file name is: sampark.jpg

सोमबार बिहान २ः४० बजे आठराई त्रिबेणी गाउँपालिका र मेरिङदेन गाउँपालिका जोड्ने भित्री सडक खण्डमा हाङपाङदेखि गोलिया लिएर दोभानस्थित अरुण भेनियरतर्फ आउँदै गरेको ट्रयाक्टर मैवाखोलामा बनेको पुलको छेउबाट करिब १५ मिटर तल खसी मैवाखोलामा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्