Logo
Logo

सोलुखुम्बुको हुङ्गा खोला थुनियो, उच्च सतर्कता अपनाउन आग्रह


189
Shares

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटरको बाँध बनेको छ ।

The current image has no alternative text. The file name is: khola.jpg

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनाअनुसार खोलामा माथिबाट थप पहिरो खसिरहेको छ । यसका कारण हुङ्गा खोला तथा दूधकोशी नदीको तटीय र आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म हुङ्गा खोला, दूधकोशी नदीको तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्