Logo
Logo

झाँक्रीले ‘कन्टेन्ट क्रियटर’ भनेपछि पुनको कटाक्ष : यत्तिको उपाधि ठुलो हो 


441
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले आफूलाई ‘कन्टेन्ट क्रियटर’, ‘इन्फ्लुएन्सर’ र ‘युट्युबर’ भनेपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले व्यङ्ग्यात्मक जवाफ दिएका छन् ।

The current image has no alternative text. The file name is: mahabir.jpg

उनले सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै झाँक्रीको टिप्पणीप्रति असन्तुष्टि जनाएका हुन् । उनले लेखेका छन्, ‘एक जना धेरै नै जान्ने सुन्ने धामीज्यूले हिजोदेखि मलाई कन्टेन्ट क्रियटर, इन्फ्लुएन्सियल र युट्युबर भन्ने नयाँ पदकले सम्मान गर्नुभएको कुरा सर्वसाधारण जनतालाई सूचना गर्न चाहन्छु ।’ उनले आफूले ३५ वर्षसम्म निःशुल्क सेवा गरेर पाएको ‘कवाडी वैज्ञानिक’ पदकभन्दा झाँक्रीले दिएको उपाधि ठुलो भएको भन्दै व्यङ्ग्य गरेका छन् ।

अर्को स्टाटसमा पुनले झाँक्रीको भाषणलाई लिएर पनि व्यङ्ग्य गर्दै ‘यत्तिको जानेको बुझेको विद्वान बहिनी नेपालमा मैले अहिलेसम्म देखेको छैन’ भनेका छन् ।

उनले आफूलाई झाँक्रीले राष्ट्रियसभा बैठकमै ‘कन्टेन्ट क्रियटर’ भनेको र आन्दोलन गरेर मन्त्री भएको बताएको उल्लेख गर्दै आविष्कार केन्द्र खोल्नु र वीरगन्ज कृषि औजार चलाउनुका विषयमा भने प्रश्न नगरेको भन्दै व्यङ्ग्य गरे ।

प्रतिक्रिया दिनुहोस्