Logo
Logo

उद्धारमा सरकारले अहङ्कार देखायो : प्रचण्ड


252
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग नलिँदा धेरै मानिसको ज्यान बचाउन नसकिएको बताएका छन् । 

The current image has no alternative text. The file name is: prachand-1.jpg

जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रको विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलय भएको उल्लेख गरेका हुन् ।  प्रारम्भिक चार–पाँच दिनमै विज्ञ परिचालन गरेको भए थप ज्यान बचाउन सकिने दाबी गर्दै विदेशी सहयोग चाहँदा पनि सरकारले अहङ्कार देखाएको उनको आरोप रहेको छ । 

१०–११ दिनपछि पनि जीवित फेला परेकाले समयमै विशेषज्ञ लिएको भए अझ धेरै बचाउन सकिने उनले बताए । प्रचण्डले सरकारको कार्यशैली अहङ्कारपूर्ण भएको टिप्पणी गर्दै राहत र पुनर्स्थापनामा मधेसबाट सहयोगको अपिल गरे । पहाड–मधेस सहयोगले राष्ट्रिय एकता बलियो हुने उनको भनाइ छ । जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय मञ्चमा ‘क्लाइमेट जस्टिस’ र ‘लस एन्ड ड्यामेज’ उठाउनुपर्नेमा जोड दिँदै विकसित मुलुकले सहयोग गर्नुपर्ने उनको भनाइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्