Logo
Logo

पब्जी मोबाइलको ‘साउथ एसिया फाइनल्स’ भोलिदेखि हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक


252
Shares

काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिता ‘साउथ एसिया फाइनल्स २०२६’ आयोजना हुने भएको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा भदौ ३१ देखि असोज ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ । यस प्रतियोगिताले नेपालमा ई–स्पोट्र्स र गेमिङ संस्कृतिलाई थप प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिता अवधिभर दर्शक तथा खेलाडीहरूका लागि विशेष ‘एक्स्ट्रिम एक्सपेरियन्स जोन’ सञ्चालन गरिनेछ । जहाँ दर्शक तथा सहभागीका लागि उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणजस्ता कार्यक्रम सञ्चालन हुनेछन् ।

प्रतियोगिता अवधिभर संन्चालन हुने एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज, एक्स्ट्रिम फोटो तथा कन्टेन्ट जोनले प्रतियोगितामा सहभागी दर्शक तथा सहभागीका लागि रोमाञ्चक हुनेछ ।

यस प्रतियोगिताले रोमाञ्चक खेलसँगै गेमिङ प्रतियोगितासँगै दर्शकका लागि मनोरञ्जन, सहभागिता र नयाँ अनुभवको अवसर प्रदान गर्नेछ । चार दिनसम्म चल्ने यस प्रतियोगिताले नेपालमा ई–स्पोट्र्स र गेमिङ संस्कृतिलाई थप प्रवद्र्धन गर्ने विश्वास आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्