Logo
Logo

‘तरकारीवाली’देखि सेक्युरिटीवालीसम्म : आउँछन्, रातारात हराउँछन्


एमपी सुब्बा


काठमाडौं । ‘सेक्युरिटीवाली’ यो पात्र शोसल मिडियामा ‘बलेको आगोमा पेट्रोल छर्किएजस्तो’ ह्वार्र बलेकी छन् यतिबेला । यु–ट्युबरहरुले न्वारान गरेको नाम हो ‘सेक्युरिटीवाली’, वास्तविक नामचाहिँ हेमा राई ।
सुन्दर रुप र हँसिली स्वभावकी हेमा राजधानीको एक होटलमा सेक्युरिटी गार्डको जागिर गरेर गुजारा गर्दै आएकी थिइन् । त्यसैबेला उनी यु–ट्युबरमा नजरमा परिन् । सुन्दर रुप र हँसिलो स्वभाव अनि फरासिलो स्वभावले गर्दा उनी ‘सेक्युरिटीवाली’का रुपमा भाइरल बन्न सफल भइन् ।
धरानकी हेमा राई अर्थात ‘सेक्युरिटीवाली’ शोसल मिडियामा यति चाँडो चर्चामा आइन् कि, उसले यसअघिका ‘भाइरल इस्यु’हरुलाई समेत माथ खुवाइन् । रातारात ‘भाइरल’ हुँदै शोसल मिडियामा सेलिब्रेटी बनेकी हेमाले म्युजिक भिडियोमा समेत मोडलिङ गर्न भ्याइसकेकी छन् । यो खुसीको कुरा हो । तर, ‘पेट्रोल छर्किएको आगो कहिलेसम्म बल्छ ?’ भन्ने प्रश्न विद्यमान छ किनकि ‘भाइरल’ हुँदै ‘सेलिब्रेटी’ बनेकाहरु टिकेको कुनै उदाहरण छैन । कारण, उनीहरुलाई फेरि खोजिँदैन । ‘भाइरल इस्यु’ बनाएर एकपटक यु–ट्युबरले डलर झार्छ, त्यसपछि दोस्रोपटक वास्ता गर्दैन ।
एक उदाहरण हुन् ‘कुल्फीवाला’ । ‘कुल्फी’ बेच्दाबेच्दै रातारात ‘सेलिब्रटी’ बने मनबहादुर राई । शोसल मिडिया फेसबुक र यु–ट्युबमा दिनदिनै छाउन थालेपछि म्युजिक भिडियोको मोडल समेत बन्न भ्याए । तर, हिजोआज उनी न मोडल छन्, न त ‘कुल्फीवाला’ । उल्टै उनी पेसा नै परिवर्तन गर्न बाध्य भए । सोलुखुम्बुका मनबहादुर हिजोआज ‘बदामवाला’ बनेका छन् अर्थात कुल्फी बेच्ने मनबहादुर बदाम बेच्न थालेका छन् ।
समयसँगै विकसित डिजिटल शोसल मिडिया ‘यु–ट्युब ट्रेण्ड’ले नेपालीलाई पनि गजब छोएको छ । यससँगै ‘भाइरल प्रवृति’ पनि मौलाएको छ । त्यही ‘भाइरल प्रवृति’कै घानमा परेर रातारात ‘सेलिब्रेटी’ बनेका मनबहादुर एक उदाहरण हुन् । यहाँ थुपै्र मनबहादुर जस्तालाई ‘भाइरल’ बनाइँदै ‘सेलिब्रेटी’ बनाइएइको छ । त्यसैले भनिन्छ, ‘शोसल मिडियाको ‘भाइरल प्रवृति’ अजिब छ । ‘भाइरल’ बनाइएर जसलाई रातारात चर्चामा ल्याइन्छ अनि ट्रेण्ड चल्न छाडेपछि ‘फ्याँकिन्छ’ यो अर्को प्रवृति हो ।
मनबहादुरलाई यु–ट्युबरले ‘कुल्फीवाला’ उपनाम दिएर ‘भाइरल’ बनाइयो । ‘कुल्फीवाला’को कला बेचेर केहीले डलर पनि कमाए होला । तर, मनबहादुर भने ‘बदामवाला’ बनेका छन् । तर, उनलाई यु–ट्युबरले ‘बदामवाला’ बनाउन भने हिम्मत गरेका छैनन् । किनकि ‘मलाई प्रयोग गरेर डलर कमाउने रहेछन्’ भन्ने उनले बुिझसकेका छन् । नाच्दै र गाउँदै कुल्फी बेच्चे शैलीले मनबहादुुर यु–ट्युबरको आँखामा परेका थिए ।
यो प्रवृति खाश गरेर भारतबाट भित्रिएको हो । केही वर्षअघि भारतीय सञ्चारमाध्यमले पाकिस्तानी चियावाला एक युवाको चर्चा गरेका थिए । पाकिस्तानी चियावाल अरसद खानलाई भारतीय मिडियाले ‘चियावाल’को उपनाममा ‘भाइरल’ बनाएका थिए । अरसद खान भारतमा भाइरल भएपछि नेपालमा ‘तरकारीवाली’को उदय भयो । एक युवतीले डोकोमा तरकारी बोकेर पुल तर्दै गरेको तस्बिरलाई नेपाली मिडियामा ‘भाइरल’ बनाइयो ।
सामाजिक सञ्जाल र मिडियामा चर्चामा आएकी ती युवती थिइन् कुसुम श्रेष्ठ । चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङे पुलमा तरकारी बोकेको कुसुमको तस्बिर भाइरल भएपछि निर्देशक र निर्माताहरुले खोज्न थाले र, उनले केही म्युजिक भिडियो नेपाली फिल्म ‘लम्फू’मा अभिनय गर्न भ्याइन् । त्यो बेला ‘तरकारीवाली’ अर्थात कुसुमको फोटोशुट र अन्तर्वाता गर्ने पत्रकार र ट्युबरहरु लाइनै लागेका थिए । तर, अहिले उनी चर्चाविहीन छिन् । जति अन्र्तवार्ता र चर्चा गरिए, त्यतिमै सिमित बन्यो । उता भारतमा पाकिस्तानी चियावाल अससद खानको अवस्था पनि त्यस्तै बनेको छ ।
रातारात यु–ट्युबर र शोसल मिडियामा ‘भाइरल’ बन्दै ‘सेलिब्रेटी’ बनाइएका ‘चियावाल’, ‘तरकारीवाली’ र ‘कुल्फीवाला’जस्तै अरु ‘भाइरल म्याटर’को खोज्नेक्रममा भेटिएकी हुन् सेक्युरिटीवाली । तर, एकपटक आफैले मिडियामा ‘सेलिब्रेटी’ बनाइएका ती पात्रहरुलाई खोज्ने जमर्को कसैले गरेको देखिँदैन र पाइँदैन ।
‘भाइरल’ शब्द आफैमा नराम्रो मानिन्छ । तर, त्यसैलाई शोसल मिडियामा ‘आयकर’ बनाइन्छ र ती पात्रहरुलाई ‘युज एण्ड थ्रो’ बनाइन्छ । यसबाट सस्तो लोकप्रियता र आत्मरत्तिमा रमाउनेहरुले थोरै लाभ लिए पनि दीर्घकालिन फाइदा लिएको उदाहरण अहिलेसम्म छैन । ‘भाइरल प्रवृति’को घानमा परेर ‘सेलिब्रेटी’ बनेकाहरुका लागि भने समाजमा हिडडुल गर्नलाई अप्ठ्यारो महशुस गरेको उदाहरण पाइएको छ । मनबहादुर यसको एक उदाहरण हो किनकि उनलाई लाखौँले चिन्छन् । र, चिन्नेहरुले ‘उ कुल्फीवाला’ भन्दै ट्याग भिराएर जिस्काउँदा उनलाई पक्कै अप्ठ्यारो महशुस हुन्छ नै ।

‘भाइरल’ शब्द आफैमा नराम्रो मानिन्छ । तर, त्यसैलाई शोसल मिडियामा ‘आयकर’ बनाइन्छ र ती पात्रहरुलाई ‘युज एण्ड थ्रो’ बनाइन्छ । यसबाट सस्तो लोकप्रियता र आत्मरत्तिमा रमाउनेहरुले थोरै लाभ लिए पनि दीर्घकालिन फाइदा लिएको उदाहरण अहिलेसम्म छैन । ‘भाइरल प्रवृति’को घानमा परेर ‘सेलिब्रेटी’ बनेकाहरुका लागि भने समाजमा हिडडुल गर्नलाई अप्ठ्यारो महशुस गरेको उदाहरण पाइएको छ । मनबहादुर यसको एक उदाहरण हो किनकि उनलाई लाखौँले चिन्छन् । र, चिन्नेहरुले ‘उ कुल्फीवाला’ भन्दै ट्याग भिराएर जिस्काउँदा उनलाई पक्कै अप्ठ्यारो महशुस हुन्छ नै ।


‘कुल्फीवाला’ बनेपछि ‘तक्मेबुढा’ उपनामले चर्चित विल्सनविक्रम राईजस्ता कलाकारसँग समेत सहकार्य गरेर म्युजिक भिडियो गरेका उनी वास्तवमै सेलिब्रेटी नै हुन् । मनबहादुरले आफूलाई सेलिब्रेटीकै रुपमा कायम राख्न रुचाएनन् । उनले केही मिडियालाई बताएअनुसार मुटुसम्बन्धी रोगीसमेत रहेका मनकुमारले ‘कला क्षेत्रमा शोषण गरिन्छ’ भन्ने राम्ररी ज्ञान भयो । हुन पनि कुल्फीवालाको नाम विभिन्न देश र व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको थियो । तर, त्यो आफुलाई आएरको सहयोगको नाममा ‘प्रयोग’ भए । उनले एक अन्तवार्तामा पनि यही कुरा बताएका छन् । ‘कुल्फीवाला’लाई सहयोग र साथ मिलिरहेकै बेला तक्मेबुढाले पनि आर्थिकलगायतका सहयोग गर्दै म्युजिक भिडियो गराएका थिए । तर, ‘कुल्फीवाला’ले निरन्तरता दिएनन् । उनी एकाएक आफ्नै पेसामा ‘ब्याक’ भए ।
यु–ट्युबमा भ्युअर्सका आधारमा डलर झर्ने भएकाले उनीहरु ‘भाइरल म्याटर’को पछि दौडिरहेका हुन्छन् । व्यवसायिक रुपमा यसलाई सकरात्मक रुपमा लिइएपनि पेसागत हिसाबले ‘भाइरल म्याटर’कै मात्र पछि दौडिनु आमसञ्चारको मर्यादाविपरित मानिन्छ । तर, यति हुँदाहुँदै पनि सस्तो लोकिप्रियताका लागि ‘भाइरल’ बन्ने नाममा ती पात्रहरु ‘युज एण्ड थ्रोे’ भइरहेका छन् भने ‘इस्यु क्रेट’ गर्ने मालामाल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्