
काठमाडौं । सरकारले जल तथा मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत राख्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली २०८३ संशोधन गर्ने निर्णय गरेको हो ।
यसअघि मौसम विभाग कृषि, वन तथा पर्यावरण मन्त्रालय मातहत थियो । मन्त्रिपरिषद बैठकले आज नेपाल सरकार कार्य विभाजन नियमावली २०८३ संशोधन गरेसँगै अब यो विभाग ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत रहनेछ ।















