
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औं महाधिवेशनका लागि काठमाडौंमा जिल्ला र क्षेत्रीय संयोजकहरू तोकेको छ ।
क्षेत्रपार्टी पार्टी प्यालेसमा शुक्रबार बसेको संस्थापन इतर समूहको बैठकले महाधिवेशनका लागि जिल्ला र क्षेत्रीय संयोजक तोकेको हो । इतर समूहले काठमाडौं जिल्ला संयोजकमा नेता जयकृष्ण महर्जनलाई तोकेको छ । उनी काठमाडौं–९ का क्षेत्रीय सभापति हुन् ।
त्यस्तै काठमाडौं–१ मा कुश ढकाललाई संयोजक बनाइएको छ । उनी काठमाडौं महानगर–२९ नम्बरका वडा अध्यक्ष हुन् ।
यस्तै क्षेत्र नम्बर २ मा अर्जुन पराजुली, क्षेत्र नम्बर ३ मा लालु लामा, क्षेत्र नम्बर ४ मा सन्तोष भण्डारीलाई संयोजक तोकिएको छ ।
क्षेत्र नम्बर ५ का सभापति श्यामकृष्ण खडका र ६ का सभापति श्याम खड्गीले इतर समूहको महाधिवेशन प्रक्रिया अघि बढाउने भएका छन् ।
क्षेत्र नम्बर ७ मा मनहरि तिवारी, ८ मा टेवेन्द्ररत्न शाक्य र १० मा शैलेश मानन्धरलाई संयोजक तोकेको छ । क्षेत्र नम्बर ९ का क्षेत्रीय सभापति मानन्धर जिल्ला संयोजक रहेकाले क्षेत्रीय संयोजक तोक्न बाँकी रहेको बताइएको छ ।















