Logo
Logo

जेनजी आन्दोलनमा अरुले नै गोली चलाए : ओली


252
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको जेनजी आन्दोलनमा घुसपैठ गराएर गोली चलाइएको दाबी गर्दै अरूको षड्यन्त्रको दोष आफूहरूलाई नलगाउन चेतावनी दिएका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्रीका रूपमा आफूले गोली नचलाउन र दमन नगर्न स्पष्ट निर्देशन दिएको स्मरण गराए ।

The current image has no alternative text. The file name is: kp-oli-1.jpg

उनले भने, “गोली हामीले त चलाएनौँ, नचलाउनु भनेको थियो। प्रधानमन्त्री म थिएँ, मैले नचलाउनु, दमन नगर्नु भनेको थिएँ । तर दमन भयो किनरु” ओलीले गत भदौ २३ गते अनावश्यक रूपमा हत्याकाण्ड गराइएको र त्यसैलाई निहुँ बनाएर भोलिपल्ट लुटपाट, हिंसा र आतङ्क फैलाइएको बताए । आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन र नेताहरूका घर जलाउने योजना तत्कालीन आवेग र आक्रोशको परिणाम नभई निकै अघिदेखिको सुनियोजित षड्यन्त्र रहेको उनको जिकिर छ । आगजनी र तोडफोड हुनुअघि नै ती संरचना जलेका तस्बिर सार्वजनिक गरिनुले यो योजनाबद्ध रहेको पुष्टि हुने उनले उल्लेख गरे ।

देशलाई अराजकताको भुमरीमा धकेल्ने षड्यन्त्रअन्तर्गत नै आन्दोलनमा घुसपैठ गराइएको अध्यक्ष ओलीको भनाइ छ । उनले भने, “नेपाललाई अराजकताको भुमरीमा राखेर आफ्ना प्यादाहरूको कथित सरकार जडान गरी आफ्ना स्वार्थहरू पूरा गर्ने षड्यन्त्रहरू भएका हुन् ।”

प्रतिक्रिया दिनुहोस्