Logo
Logo

एनपीएल सिजन-३ को तालिका सार्वजनिक : उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै


756
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार अक्टोबर २६ हुने उद्घाटन खेलमै साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् ।

The current image has no alternative text. The file name is: npl-4.jpg

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका सम्पूर्ण खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी नोभेम्बर २१ तारिखमा हुने तय भएको छ ।

तालिकाअनुसार प्रतियोगितामा ‘सिंगल हेडर’ र ‘डबल हेडर’ गरी म्याचहरू सञ्चालन हुनेछन्। एउटा मात्र खेल हुने दिन दिउँसो ४:३० बजे खेल सुरु हुनेछ । त्यस्तै, दिनमा दुईवटा खेल हुने दिन पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल ४:३० बजेदेखि सुरु हुनेछन् ।

लिग चरणमा सहभागी आठवटै फ्रेन्चाइज टोलीले एक/अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका खेलहरू सकिएपछि अङ्क तालिकाको शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाउने छन् ।प्लेअफअन्तर्गत अङ्क तालिकाका शीर्ष दुई टोलीले नोभेम्बर १७ मा पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, तेस्रो र चौथो स्थानमा रहने टोलीबीच नोभेम्बर १८ मा ‘एलिमिनेटर’ खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरको विजेताबीच नोभेम्बर १९ मा दोस्रो क्वालिफायर खेल हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्