Logo
Logo

बादल र पोखरेलको प्रतिवेदन समायोजन गरी ज्ञवालीले ल्याए तेस्रो प्रतिवेदन


0
Shares

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टी पुनर्गठनसम्बन्धी तेस्रो प्रतिवेदन ल्याएका छन् । यसअघि महासचिव शङ्कर पोखरेलले ६५ पृष्ठको प्रतिवेदन पेस गरेका थिए, जसमा अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने प्रस्ताव गरिएको थियो ।

The current image has no alternative text. The file name is: pradeep.jpg

त्यसको विरोधमा वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ३९ पृष्ठको छुट्टै प्रतिवेदन ल्याएका थिए । यी दुवै प्रतिवेदनलाई समायोजन गरी पार्टी बैठकमा पेस गर्न एमालेले कार्यदल गठन गरेको थियो । तर कार्यदलमा सहमति हुन नसकेपछि अध्यक्ष ओलीको निर्देशनअनुसार नेता ज्ञवालीले दुवै प्रतिवेदनलाई समेटेर २९ पृष्ठको तेस्रो प्रतिवेदन तयार पारेका हुन् ।

एमालेको सङ्गठन पुनर्गठनसम्बन्धी कार्यदलको बैठक आज आइतबार बिहान ८ बजे बस्नेछ । त्यसपछि असोज ५, ६ र ७ गते केन्द्रीय कमिटीको बैठक बस्ने कार्यतालिका तय भएको छ । ज्ञवालीले ल्याएको यो प्रतिवेदन आजको कार्यदल बैठकमा छलफल हुनेछ र सोही प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्