Logo
Logo

एसियाली खेलकुद : कराँतेमा मीनबहादुर र राकेश सेमिफाइनलमा


315
Shares

काठमाडौं । जापानमा जारी एसियाली खेलकुदमा नेपालले करातेबाट कम्तीमा पनि दुई पदक पक्का गरेको छ । कुमिते पुरुष ६० केजीमा मीनबहादुर तामाङ र ५५ केजीमा राकेश मानन्धरले सेमिफाइनलको यात्रा तय गरेसँगै नेपालको पदक पक्का भएको हो ।

The current image has no alternative text. The file name is: karate.jpg

आइतबार मीनले क्वार्टरफाइनलमा ताजकिस्ताका मुहम्मद मिर्जोजोदालाई २–० ले पराजित गरे । यसअघि उनले हङकङका का हिम चाउलाई ४–१ ले हराएका थिए ।

सेमिफाइनलमा मीनबहादुरले आजै कुवेतका अब्दुल्लाह  शाबानसँग प्रतिस्पर्धा गर्नेछन् । यता, सिधै क्वार्टरफाइनल खेलेका राकेशले थाइल्यान्डका नट्ठाकृत इन्ग्लोयलाई ९–० ले पराजित गरेका थिए भने अब सेमिफाइनलमा आजै राकेशले उज्वेकिस्तानका खुमोयुनमिर्जो खलिमोभसँग प्रतिष्पर्धा गर्ने छन् ।

करातेमा सेमिफाइनलमा पराजित हुने खेलाडीलाई पनि कांस्य पदक दिइने हुनाले नेपालले कम्तीमा दुई काश्य पदक पक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्