काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्स अन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पराजित भएकी छन् ।

कुमिते विधाको ६८ केजीमाथिको प्रतिस्पर्धामा एरिका सेमिफाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २-१ ले पराजित भएकी हुन् । एरिकाले गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन् ।















