Logo
Logo

बैठक बस्न सकेन, पार्टी कार्यालयबाट हिँडे ओली


1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय च्यासलबाट हिँडेका छन् । आइतबार दिउँसो १ बजे बस्ने भनिएको सचिवालय बैठक बस्न नसकेपछि उनी पार्टी कार्यालयमा आधा घण्टा बसेर निस्किएका छन् ।

ओली आज दिउँसो १ बजे पार्टी कार्यालय प्रवेश गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सरेको छ ।

ओली अहिले पार्टी कमिटीका सबै संरचनामा अल्पमतमा छन् । अझ महासचिव शंकर पोखरेलले नेतृत्व छाड्नुपर्ने अडान नछाडेपछि उनी निरन्तर दबाबमा छन् । सचिवालय र केन्द्रीय कमिटी दुवैमा अल्पमतमा रहेका ओलीले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीका नाममा आफ्नो बचाउमा प्रतिवेदन लेखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्