Logo
Logo

एमाले बैठकमा मोबाइल निषेध, बोल्ने नेतालाई ३ मिनेटको समय


504
Shares

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध गरिएको छ ।

सोमबारदेखि ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष केपी शर्मा ओलीले मोबाइल निषेध गरिएको जानकारी दिएका हुन् ।

‘कसैको पनि मोबाइल नबजोस्, स्वीच अफ मै राम्रो हुन्छ । आजको लागि भइहाल्यो, छोडिदिउ, भोलिदेखि हामी बाहिर राख्ने व्यवस्था गर्छाैँ,’ ओलीले भने, ‘बैठकभित्र मोबाइल हेर्ने, चलाउने, मोबाइलमा कुरा गर्ने अनुमति हुँदैन । त्यसकारण मोबाइलबाट हामी टाढा रहनुपर्छ ।’

उनले केन्द्रीय सदस्यलाई आफ्नो राजनीतिक प्रतिवेदन अध्ययन गर्न दिएका छन् । प्रतिवेदन अध्ययन गरेर तीन मिनेटभित्र आफ्ना धारणा राख्न समय निर्धारण गरिएको छ । उनले भोलियन्टरयलाई पनि तटस्थ रहन निर्देशन दिएका छन् । आजबाट सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्