Logo
Logo

उत्कृष्ट अभिकर्तालाई नेसनल लाइफले गर्यो सम्मान


0
Shares

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीले सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरेको वार्षिक चेयरपर्सन क्लब कार्यक्रम भैरहवामा सम्पन्न गरेको हो ।

कम्पनीका अनुसार गत आवमा निर्धारित लक्ष्य पूरा गरी चेयरपर्सन क्लब कार्यक्रममा छनोट भएका अभिकर्ता एवं कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख मार्केटिङ कर्मचारीसहित पाँच सय ६५ जनाको सहभागितामा थियो । कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिन् । उनले अभिकर्ताको सिप तथा क्षमता विकास र व्यावसायिकता अभिवृद्धिका लागि कम्पनीले निरन्तर सहयोग र सहकार्य गर्दै जाने बताइन् ।

त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले गत आवमा कम्पनीले प्राप्त गरेको ऐतिहासिक व्यावसायिक उपलब्धि सामूहिक सफलता भएको बताए । कार्यक्रममा चेयरपर्सन क्लब सदस्यता वितरण गरिएको थियो ।

त्यसैगरी, सञ्जाल र आफ्नो कोडको व्यवसायमा प्रथम, द्वितीय र तृतीय हुने तथा समूहगत व्यवसायमा प्रथम हुने अभिकर्तालाई पनि सम्मान गरिएको बताइएको छ । यस्तै, सेन्चुरियन क्लब, नेसनल स्टार, नेसनल सुपरस्टार तथा लगातार १० वर्षसम्म क्लबमा छनोट हुन सफल अभिकर्तालाई अध्यक्ष सिंहले सम्मान गरेकी थिइन् ।

सोही कार्यक्रममा सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । नेपाल बिमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद साडारीले शंकास्पद गतिविधिको सूक्ष्म निगरानी, आवश्यक पहिचान तथा प्रचलित कानुनी व्यवस्थाको पालनामा बिमा व्यवसायमा संलग्न सबै पक्ष सचेत र सजग हुनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्