Logo
Logo

द्रव्यलाभ साकोसको अध्यक्षमा पराजुली निर्वाचित


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १९ पुस । द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सर्वसम्मतरूपमा भक्तबहादुर पराजुलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । साधारणसभाले उपाध्यक्षमा गोविन्द श्रेष्ठ, सचिवमा विष्णुप्रसाद न्यौपाने, कोषाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ सर्वसम्मतरुपमा चयन गरेको हो ।

त्यसैगरी कार्यसमिति सदस्यमा कुमार तामाङ, प्रकाश भण्डारी, पूर्णबहादुर कार्की, खिमप्रसाद नेपाल, यज्ञप्रसाद तिमल्सिना, लालबहादुर बस्नेत र महिला सदस्यमा देवका फुँयाल निर्वाचित भएका छन् । त्यस्तै लेखा समिति संयोजक विष्णुप्रसाद आचार्य, सदस्यमा रत्नबहादुर खत्री र ओमनाथ घिमिरे निर्वाचित भएको नेफ्स्कूनका सञ्चालक न्हुछेनारायण श्रेष्ठको संयोजकत्वमा ठाकुरप्रसाद बाँस्कोटा र भरत कार्की सदस्य रहेको निर्वाचन उपसमितिले जनाएको छ ।

संस्थाका अध्यक्ष गोविन्दप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीलाभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद उप्रेती प्रमुख अतिथि तथा संस्थाका संस्थापक अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, अविछिन्न साकोसका अध्यक्ष माधवप्रसाद खरेलको आतिथ्यमा यस वर्ष कोभिड–१९का कारण संस्थाको कार्यालयमै १०औँ वार्षिक साधारणको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । पुस ११ बाट सुरु भएको कार्यक्रम १७ गते सम्पन्न भएको थियो ।

सहकारी नीति, निर्देशन, नियमावलीमा रहेर सहकारी सिद्धान्त, मूल्य र मान्यताहरु अवलम्वन गरी द्रव्यलाभ अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष पराजुलीले प्रतिबद्धता व्यक्त गरे । शेयर सदस्य ९०६ रहेको संस्थामा शेयर पूँजी ५ करोड ५५ हजार ८०० रहेको छ । २३ करोड ३ लाख ६६ हजार ३६१ रुपैयाँ निक्षेप संकलन गरी १६ करोड २ लाख ८८ हजार ५५८ कर्जा लगानी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्