Logo
Logo

हिमालय एअरलाइन्स्को प्रतिबद्धता पूरा गर्दै महामारीमासमेत सेवा जारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ पुस । सन् २०२० को वार्षिक संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) प्रतिबद्धताको एक हिस्साको रूपमा प्रयास नेपाल प्रति, नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित यस हिमालय एअरलाइन्स्ले प्रयास नेपालका बालबालिकाहरूलाई आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) ब्यानर अन्तर्गत पुनः सहयोग प्रदान गरेको छ । एअरलाइन्स्ले अङ्गे्रजी नयाँ वर्ष पूर्वसन्ध्यामा बर्षभरी पुग्ने परिमाणमा कपिहरु प्रदान ग¥यो । विद्यमान महामारीलाई ध्यानमा राख्दै, एअरलाइन्स्ले कोभिड–१९ विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामाग्रीहरु समेत प्रदान ग¥यो ।

सन् २०२० को डिसेम्बर ३१ मा प्रयास नेपालको छोटो अवलोकन भ्रमणका क्रममा हिमालय एअरलाइन्स्का पदाधिकारीहरूले प्रयास नेपालका पदाधिकारीहरूलाई शैक्षिक र चिकित्सा सामग्रीहरू कोभिड–१९ का सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर हस्तान्तरण गरे । प्रदान गरिएका सामाग्रीहरुमा १,६५० वटा कपी, दुई इन्फ्रारेड थर्मामीटर, २ बोतल ह्याण्ड सेनिटाइजर र १,००० थान फेस मास्क समावेश थिए ।

विगत बर्षहरुमा झैं त्यस संस्थाका लागि आवश्यक शैक्षिक सामाग्रीहरु, खाजा – नास्ता र अन्य उपभोग्य सामाग्रीहरुका निरन्तर आपूर्ति गर्दै योगदान पु¥याएको हिमालयले प्रयास नेपालका बालबालिकाहरूको जीवनमा उल्लेख्य भिन्नता ल्याउन सफल भएको छ । फलस्वरुप अधिकांश विद्यार्थीहरू सफलतापूर्वक आफ्नो शैक्षिक यात्रा जारी राख्न सक्षम भएका छन् । यस वर्ष पनि ८ देखि २० वर्ष बीचका २७ विद्यार्थी उनीहरूको शैक्षिक पाठ्यक्रमहरू पछ्याउन बार्षिक रुपमा आवश्यक पर्ने सामाग्रीहरु प्राप्त गर्नेछन् । बालबालिकाहरूलाई कोभिड–१९ को महामारीबाट रक्षा गर्ने उद्देश्यको साथ कोभिड–१९ का आवश्यक थप सामाग्रीहरु प्रदान गरिएको हो ।

हिमालय एअरलाइन्स्की ब्रान्ड र सेवा सुधार विभाग प्रमुख, श्रीमती उज्ज्वला दलीले, सामाग्री हस्तान्तरणका क्रममा भन्नुभयो ‘सन् २०२० अनिश्चितता र ओसिलो भविष्यको बर्ष थियो, विशेषगरी बालबालिकाहरूका लागि कोभिड–१९को डर र सामाजिक दूरीले स्कूल र कलेजमा निकै असर पु¥यो । कोभिड विरुद्धको खोप आउने क्रमले सुरुङ्गको अन्त्यमा एउटा सानो प्रकाशको झिल्को देखिएको छ र शैक्षिक संस्थानहरू अब पुनः खोल्नका लागि तयारी गर्दैछन् । सामाजिक क्षेत्रमा केही गहन र अर्थपूर्ण योगदान पु¥याउने हाम्रो दृढ प्रतिबद्धताका साथ प्रयास नेपालप्रतिको हाम्रो वार्षिक प्रतिबद्धता पूरा गर्ने यो नै सही समय हो । हामी यस संस्थाका सबै क्षेत्रका बालबालिकाहरुका उत्थानका प्रयासलाई निरन्तर समर्थन गर्न कटिबद्ध छौं ।”

प्रयास नेपालका तर्फबाट आभार व्यक्त गर्दै संस्थाकी अध्यक्ष, श्रीमती मणि जोशीले भन्नुभयो “हिमालय एअरलाइन्सले सन् २०१७ देखि निरन्तर हाम्रा बालबालिकाहरुलाई सहयोग पु¥याएकोमा हार्दिक आभारी छौं । हिमालयको योगदानले हरेक वर्ष हाम्रो मनोबल बढाउन मात्र सहयोग पु¥याएको छैन, हाम्रो संस्थागत विकासमा समेत टेवा पु¥याएको छ । यस महामारीको बर्षमा हाम्रा बालबालिकाहरूलाई उत्साहपूर्वक लालन–पालन गर्न र उचित हेरचाहका प्रयासमा निरन्तर लागिपर्न प्रेरित गर्दछ । हामी आगामी वर्षहरुमा हिमालय एअरलाइन्सको निरन्तर प्रगतिको लागि कामना गर्दछौं ।”

प्रयास नेपाल एक गैर–नाफामूलक सामाजिक संस्था हो, जसले विशेषगरी अनाथ, परित्यक्त, दुव्र्यवहारमा परेका र शारीरिक रूपले अपांग बालबलिकाहरूलाई नेपालका विभिन्न भागबाट आश्रय प्रदान गर्दै शिक्षा र सीपमूलक तालिम दिन निरन्तर कोसिसरत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्