Logo
Logo

मधेशमा जसपा नेतृत्वमा नयाँ सरकार बन्ने


0
Shares

काठमाडौं । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सरकार बन्ने भएको छ । सरकारको नेतृत्व जसपा नेपालले गर्ने छ । 

The current image has no alternative text. The file name is: saroj.jpg

तीन दलबीच नयाँ सरकार बनाउने सहमति भइसकेको हो । शीर्ष तहमै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव बीच नयाँ समीकरणबारे छलफल भएर सहमति भएको हो । 

जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री बन्ने सम्भावना बढेको हो । गत असोज ३० गते मधेस सरकारबाट बाहिरिँदै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि हाल नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा छ । मुख्यमन्त्री कृष्णप्रसाद यादव आफ्नो सरकार बचाउनको लागि प्रयासरत छन् ।

पछिल्लो समय एमाले सोही सरकारमा फर्किने संवाद पनि चलेको थियो । त्यसका लागि कांग्रेस सभापति गगन थापा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल समेत भएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000