काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ढाकाटोपी लगाएर अस्ट्रेलियाको सिड्नीमा आयोजित नेपाल फेस्टिभल सम्बोधन गरेका छन् ।

नेपाल फेस्टिभल सम्बोधन गर्दै उनले सिड्नीमा नेपाली समुदायसँग तिहार मनाउन पाउनु निकै खुसीको कुरा भएको बताए । उनले अगाडि भने, ‘विविधता हाम्रो शक्ति हो र तपाईँहरू यसको एक अत्यन्त महत्त्वपूर्ण हिस्सा हो ।’ फेस्टिभल एनआरएन न्युसाउथवेल्सको आयोजनामा डार्लिङ हार्वरको टोम्बालुङ पार्कमा भइरहेको छ ।
सो क्रममा प्रधानमन्त्री अल्बानिजले नेपाली समूदायले अस्ट्रेलियामा दिएको योगदानको प्रशंसा गरे । उनले अस्ट्रेलिया उत्कृष्ट हुनुको कारण विश्वका विभिन्न ठाउँबाट विभिन्न संस्कृतिका मानिसहरू यहाँ आएर परिवार बसाउनु पनि भएको बताए ।
उनले यस्तो बहुसंस्कृतिक समुदायको प्रधानमन्त्री हुन पाउनु गर्वको विषय भएको बताए । उनले अस्ट्रेलियामा ‘राष्ट्रिय वीरता पुरस्कार’ पाउन सफल नेपाली मूलका प्रहरी अधिकारी विकास भारतीको प्रशंसा गरे ।
अनि संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन शाहसँग भएको भेट पनि स्मरण गरे । प्राकृतिक प्रकोपको घडीमा अस्ट्रेलिया सदैव नेपालको साथमा उभिएको उनले बताए ।


















