Logo
Logo

जिल्ला अस्पताल इलामलाई प्रभु बैंकको आर्थिक सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेडको इलाम शाखा कार्यालयले आप्mना् संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला अस्पताल इलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरिद गरी जडान गर्नको लागि रु ५ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । २०७७ पुस १९ गतेका दिन एक समारोहका बीच प्रभु बैंक इलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले इलाम जिल्ला अस्पतालका मेसु डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप रु. ५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा इलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होमबहादुर बस्नेत, इलाम नगरपालिका वडा नं ७ का महिला सदस्य इन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र रतनकुमार चौधरीलगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीसमेतको उपस्थिति थियो ।

प्रभु बैंकको आर्थिक सहयोगमा इलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थितरुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउनेछन् भन्ने बैंकले विश्वास लिएको छ । साथै, प्रभु बैंकले समाजोपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने व्यहोरासमेत अनुरोध छ ।

 

प्रतिक्रिया दिनुहोस्