Logo
Logo

एनपीएल एलिमिनेटरमा आज काठमान्डु र चितवन भिड्दै


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत प्लेअफको महत्त्वपूर्ण एलिमिनेटर खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो ‘गर या मर’ को भिडन्तमा काठमान्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन् ।

खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ । लिग चरणका ७ खेलमध्ये ४ जित र ३ हारसहित ८ अंक जोडेको काठमान्डु गोर्खाज तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको हो । अर्कोतर्फ, समान ७ खेलबाट ३ जित, ३ हार र १ अनिर्णित खेलसहित ७ अंक बटुलेको चितवन राइनोजले चौथो स्थानमा रहेर प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि बिहीबार हुने ‘क्वालिफायर २’ मा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स भने सिधै फाइनलमा पुगिसकेको छ । आज पराजित हुने टोलीको भने प्रतियोगिताको यात्रा यहीँ समाप्त हुनेछ ।

लिग चरणमा यी दुई टोलीबिच भएको भेटमा काठमान्डुले चितवनलाई १० रनले पराजित गरेको थियो। समग्र एनपीएल इतिहासमा भएका ३ भेटमध्ये काठमान्डुले २ र चितवनले १ खेल जितेका छन्। दुवै टोली लिग चरणको आ–आफ्नो अन्तिम खेलमा पराजित भएर एलिमिनेटर खेल्न लागेका हुन्। काठमान्डु पोखरा एभेन्जर्ससँग ५५ रनले र चितवन कर्णाली याक्ससँग २४ रनले पराजित भएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000