Logo
Logo

फेरि सरकारको नेतृत्वमा फर्किने ओलीको दाबी


0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन् । काठमाडौंमा बुधबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले एमाले जनताको समर्थन र संघर्षको बलमा सरकारमा पुगेको उल्लेख गर्दै फेरि पनि सत्ताको नेतृत्व गर्ने बताएका हुन् ।

विगतमा एमाले कुनै राजनीतिक शक्ति वा अन्य दलको कृपाले नभई जनताको विश्वास र समर्थनका आधारमा सरकारमा पुगेको उनको जिकिर थियो । उनले भने, ‘कसैको कृपाले हामी सरकारमा गएका थिएनौं । संघर्षको मैदानबाट आएर लडेर जितेर जनताको कृपाले गएका हौं ।’

उनले एमाले फेरि सरकारमा फर्किने दाबी गर्दै विपक्षीहरूलाई आफ्नो भनाइ गम्भीरतापूर्वक सुन्न चुनौतीसमेत दिए । एमाले सरकारमा फर्किएपछि विकास निर्माणका अधुरा तथा अघि सारिएका योजनालाई पुनः गति दिने उनको भनाइ थियो ।

‘फेरि नेकपा एमाले सरकारमा जान्छ । कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले,’ ओलीले दाबी गरे । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई एमालेले नछोड्ने उल्लेख गर्दै उनले विगतभन्दा अझ स्पष्ट दृष्टिकोणका साथ उक्त अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000