Logo
Logo

सर्वोच्चको आदेश बुझ्न प्रहरीको अस्वीकार  


0
Shares

काठमाडौं । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि जारी भएको म्याद बुझ्न नेपाल प्रहरी प्रधानकार्यालयले अस्वीकार गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीका नाममा जारी म्याद तामेली गर्न बिहीबार प्रहरी प्रधानकार्यालय पुगेका सर्वोच्च अदालतका कर्मचारीलाई आईजीपी सचिवालयले भाषा नमिलेको कारण देखाउँदै म्याद बुझ्न अस्वीकार गरेको हो ।

The current image has no alternative text. The file name is: nepal-police.jpg

सर्वोच्च अदालतले बुधवार दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधानकार्यालयलाई उपस्थित हुन आदेश दिएको थियो । सोही आदेशअनुसार अदालतका कर्मचारी म्याद तामेलीका लागि प्रहरी प्रधानकार्यालय पुगेका थिए ।

तर, अदालतबाट खटिएका कर्मचारीले म्याद बुझाउन खोज्दा प्रहरी महानिरीक्षकको सचिवालयले भाषागत कारण देखाएर बुझ्न अस्वीकार गरेको स्रोतको भनाइ छ । अदालतको आदेशअनुसार म्याद बुझ्नुपर्ने प्रहरी प्रधानकार्यालयले नै म्याद लिन नमानेपछि न्यायिक प्रक्रियाको सम्मान र आदेश कार्यान्वयनको विषयमा प्रश्न उठेको छ ।

यद्यपि, प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले भने प्रहरी प्रधानकार्यालयमा सर्वोच्च अदालतबाट कुनै पत्र प्राप्त नभएको दाबी गरेका छन् । ‘सर्वोच्चबाट कुनै पनि पत्र आएको छैन,’ उनले भने ।

तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गरिएपछि उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि बुधवार सुनुवाइ गर्दै सर्वोच्चले तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे पनि विपक्षी निकायहरूलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको थियो ।

अब प्रहरी प्रधानकार्यालयले म्याद बुझ्न अस्वीकार गरेको घटनाले अदालतको आदेश तामेली प्रक्रिया र राज्यका निकायले न्यायिक प्रक्रियाप्रति देखाउने जवाफदेहितामाथि थप प्रश्न खडा गरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000