Logo
Logo

माछापुच्छ्रे–गोकर्ण रिसोर्टबीच व्यावसायिक सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ पुस । माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट (गोकर्णेश्वर, बुढानीलकण्ठ) बीच बैंकका ग्राहकलाई छुट प्रदानगर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट  रिसोर्टको खाना,, स्पा र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन्् । त्यसैगरी पार्क भिलेज रिसोर्टको सम्पूर्ण सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका ग्राहकले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरी ग्राहकलाई आर्कषक छुट प्रदान गर्दै आएको छ । बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० शाखा १४८ शाखारहित बैकिङ सेवा तथा ५ शाखारहित बैंकिङसमेत गरी जम्मा ३१३ स्थानबाट ग्राहक महानुभावमा सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै बंैकको देशभर १९८ वटा एटीएम सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्