Logo
Logo

लक्ष्मी बैंक र थुलुङ दूधकोशी गापाबीच सहुलितपूर्ण कर्जा प्रवाह सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि गाउँपालिकासँग सम्झौता सम्पन्न गरेको छ । यस सम्झौताअन्तर्गत उक्त गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानीय उद्यमी, सहकारीलगायत अन्य संघसंस्थाले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले गाउँपालिकामा कृषि तथा पर्यटनलगायत सम्भाव्यता बोकेका क्षेत्रहरुमा कर्जा लगानी गर्न बैंक तत्पर रहेको धारणा ब्यक्त गरे ।

यस सम्झौताले स्वरोजगार तथा उद्यमशीलता विकास गरी आर्थिकरुपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्