नयाँदिल्ली । नेपाल-भारतबीच नयाँ दिल्लीमा भएको दुई पक्षीय वार्ता सकिएको छ ।अहिले केहीबेरमा नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच विभिन्न सम्झौताहरूबारे जानकारी गराउन लागिएको हो ।

यसअघि आजै प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । सो भेटवार्तापछि दुई देशको प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो ।


















