Logo
Logo

प्रतिनिधिसभा विघटनविरुद्ध विवेकशीलको प्रदर्शन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ पुस । प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । शुक्रबार विवेकशीलका कार्यकर्ताहरुले ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सरकारको उक्त निर्णयविरुद्ध दर्जनभन्दा बढी सर्वोच्चमा रिट परेको छ । प्रतिनिधिसभा विघटनको नेकपा प्रचण्ड–माधव समूह, नेपाली कांग्रेसलगायतका राजनीतिक दल र तिनका भातृसंगठनले विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्