Logo
Logo

ओलीको स्वागतमा गएनन् प्रदेश सरकारका प्रतिनिधि


- दृष्टि न्युज/संवाददाता

1.1k
Shares

तस्बिर : दिनेशखबर

धनगढी, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । उनी आफू निकट नेकपा पक्षले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न श्री एयरको विमानबाट यहाँ आएका हुन् ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधिहरुको सभागिता थिएन । यसअघि देशका प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिनिधिहरुको सहभागिता हुन्थ्यो । शुक्रबार यहाँ आएका ओलीको स्वागतका लागि प्रदेश सरकारका प्रतिनिधि सहभागी भएनन् ।


प्रधानमन्त्री ओली आफैले प्रतिनिधिसभा विघटन गराएपछि पहिलोपटक धनगढी आएका हुन् । प्रतिनिधिसभा विघटनको कदमविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहले विरोध गर्दै आएको छ । प्रचण्ड–माधव समूहकोसुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सांसदहरु प्रधानमन्त्रीको स्वागतमा सहभागी नभएका हुन् । निहित एक समूहको जनसभालाई सम्बोधन गर्न आएको भन्दै स्वागतमा सरिक नभएको बताइएको छ । जनसभा आयोजक नेकपा ओली समूहले प्रदेश सरकारलाई कार्यक्रमबारे कुनै जानकारी नगराएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्