Logo
Logo

माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ प्रालिका ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ प्रालि को तर्फबाट अध्यक्ष राजनबाबु श्रेष्ठ तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरुमार्फत सिप्रदी ट्रेडिङ प्रालिका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल खरिद गर्न चाहने ग्राहकलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«े बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मेसिनमार्फत ग्राहक महानुभावलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्