Logo
Logo

कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रभु बैंकको क्यूआरकोड सेवा सञ्चालन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौँस्थित कालिमाटी फलपूmल तथा तरकारी बजारमा कारोबार गर्दा क्यूआरकोडमार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । २०७७ पुस २४ शुक्रबार कालिमाटी फलपूmल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यूआरकोड हस्तान्तरण गरी सेवा सञ्चालनको शुभारम्भ गरे ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि गभर्नर अधिकारीले नेपालको बैंकिङ क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड्दै प्रभु बैंक र फोनपेको संयुक्त पहलमा फलफूल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नुपर्ने झण्झट हटेकोे बताए ।

कार्यक्रममा मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुलाई समयसपेक्ष नविनतम बैंकिङ सेवा प्रवाहमा कटिबद्ध रहेको बताए । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ सेवा उपभोग गरिरहेका हामी कृषक तथा कृषिजन्य उपजहरु खरिद विक्रीमा सहभागी व्यवसायी तथा उपभोक्ताहरुले अब क्यूआरकोड सेवाबाट अझै सहजरुपमा झण्झटमुक्त कारोबार गर्न पाउँदा हामीबीचको कारोबारमा पारदर्शिता र सम्बन्धमा आत्मियता बढेकोमा खुशी प्रकट गरे ।

अत्याधुनिक प्रवधिको उच्चतम प्रयोग गर्दै समग्र ग्राहकहरुको चाहनालाई पहिलो प्राथमिकता सहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको प्रभु बैंक र सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील फोनपेबीचको समन्वयनमा सञ्चालित क्यूआरकोड सेवामार्पmत डिजिटल बैंकिङ सेवा उपभोग गरी कालिमाटी फलपूmल तथा तरकारी बजारमा आर्थिक कारोबार गर्ने सम्पूर्ण कृषक, कृषिजन्य उपजसँग सम्बन्धित व्यापारी, व्यवसायी, उपभोक्ता तथा ग्राहकहरुले अधिकतम् लाभ लिनेमा बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्