Logo
Logo

प्रतिनिधिसभा बिघटनविरुद्ध डा गोविन्द केसी पनि सडकमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ पुस ।
प्रतिनिधि सभा विघटनविरुद्ध डा गोविन्द केसी पनि सडकमा ओर्लिएका छन् । शनिबार काठमाडौंको माइतीघर मण्डला पुगेर उनले बिघटनको विरोध गरेका छन् । केसीसहितका प्रदर्शनकारीले प्रतिनिधि सभा विघटन गरिएकोमा असन्तुष्टि जनाउँदै विरोध जनाएका छन् ।


उनीहरुले ’प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’, ’संवैधानिक सर्वोच्चता कायम गर, संविधानविरुद्धको षडयन्त्र बन्द गर’, ’न्यायिक सुशासन कायम गर, संविधानवादको रक्षा गर’, ’संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति सिफारिस खारेज गर’, ’नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए। विरोध प्रदर्शन सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले आयोजना गरेको हो। कार्यक्रममा बोल्दै डा केसीले ओली जस्ता तानाशाह नेतालाई जनताले दण्डित गर्नुपर्ने बताए ।

शुक्रबार मात्र चार पूर्व प्रधानन्यायाधीशहरुले बिघटन असंवैधानिक भएको भन्दै आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्