Logo
Logo

ग्रान्डी भिल्लाको घटना रहस्यमयः प्रहरी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ पुस ।
टोखाको ग्रान्डी भिल्ला हाउजीङमा बस्दै आएका एक दम्पती मृत भेटिएको घटना रहस्यमय बनेको प्रहरीले जनाएको छ । उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत भेटिएका हुन् ।


केसीको टाउकोमा चोट छ भने सुदीक्षा झुन्डिएको अवस्थामा भेटिएकी हुन् । कतिपयले सुदीक्षाले श्रीमानको हत्या गरेर आफुले आत्महत्या गरेको बताएपनि त्यो प्रष्ट हुने आधार नदेखिएको प्रहरीले जनाएको छ ।
उमेश अमेरिका बस्दै आएका थिए । दशैंमा आएका उनी आगामी साता फर्कने तयारीमा थिए । प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्