Logo
Logo

राष्ट्रियसभामा आज प्रधानमन्त्रीले सम्बोधन गर्दै, हिउँदे अधिवेशन अन्त्यको सम्भावना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रियसभाको बैठकमा आज सम्बोधन गर्दैछन् । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय सभाको सचिवालयले जनाएको हो ।
तर, आज राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख छैन । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाका सांसदहरुले ‘असंवैधानिक’ कदम भन्दै विरोध जनाइरहेका छन् । आफ्नो विरोधका बाबजुद पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीको सम्बोधनपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सम्भावना रहेको छ ।
प्रधानमन्त्रीले राष्ट्रपतिमार्फत प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा दुई चिरा भइसकेको छ भने ओलीको कदमलाई असंवैधानिक भन्दै विभिन्न राजनीतिक दलहरु विरोधका कार्यक्रम घोषणा गरी आन्दोलित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्