Logo
Logo

आज राति १२ बजेदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य


- दृष्टि न्युज/संवाददाता

1.4k
Shares


काठमाडौं, २६ पुस । राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जनाएका छन् ।
चारवटा बैठक बसेर राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने भएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दैछन् भने आजै थारु आयोगको प्रतिवेदन पेश गर्ने तय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्