Logo
Logo

भक्तपुरमा प्रहरी कुटिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ पुस ।

ड्युटीमा खटिएका एक प्रहरीमाथि कुटपिट भएको छ । सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीय नारायण सिंह सिलवालले शनिबार राति प्रहरीमाथि हातपात गरेका हुन् ।


महानगरीय प्रहरी प्रभाग बालकोटमा ड्युटीमा खटिएको प्रहरीलाई सिलवालले हातपात गरेपछि उनलाई नियन्त्रणमा लिई मादक पदार्थ सेवन जाँच गर्नको लागि कोरियन अस्पताल ठिमी लगिएकोमा उनले पुनः प्रहरी कर्मचारीहरुलाई हातपात गर्नुका साथै उक्त अस्पतालको इर्मेरजेन्सी वार्डको झ्याल ढोकाको सिसा समेत तोडफोड गरेका थिए । मदिरामा अत्याधिक मात्तिएकाले उनले यस्तो हर्कत गरेको प्रहरीले जनाएको छ ।

मदिरामा मात्तिएका व्यक्तिबाट प्रहरीहरु बारम्बार कुटिने गरेका छन् । कतिपय अवस्थामा मदिरा पिउने चालकहरुलाई कारबाही गर्ने क्रममा ट्राफिक प्रहरी घाइते समेत हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्