Logo
Logo

काठमाडौंमा छुरा हानेर युवकको हत्या


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ पुस ।
काठमाडौंमा छुरा हानेर एक युवकको हत्या भएको छ । बुढानिलकण्ठमा सुशिल तामाङको हत्या भएको हो ।


हत्यामा संलग्न उनका साथी राजसिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
घटना पुस २३ गते साँझको हो । आपसी विवादमा ठकुरीले चक्कु हानेका थिए । पछि उनले नै अस्पताल लगे । साथीको मृत्यु हुने देखेपछि उनी त्यहाँबाट भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्