Logo
Logo

सशस्त्रमा कारबाहीको लहर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ पुस । सुरक्षा निकायमा हिरो बन्ने प्रतिस्पर्धा छ । सानो कामको पनि ठूलो प्रचार गर्ने प्रवृत्ति रोकिएको छैन । मिडियामा छाउने रहरमा केही अधिकृतहरुले आफ्नो मर्यादा समेत बिर्सने गरेका छन् ।

सशस्त्र प्रहरीमा हालै त्यस्तै भएको छ । मिडियामा आउनका लागि केही अधिकृतहरुले अन्तर्राष्ट्रिय सीमा जस्तो संवेदनशील विषयमा सरकारको प्रवक्ता जसरी बोलेका छन् । जसमा एक डिएसपीसहित तीन अधिकृतमाथि सशस्त्र प्रहरी बल,मुख्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ । ३३ नम्बर गुल्मका डिएसपी मोहनजंग कार्की, पशुपतिनगर बिओपीका इन्सपेक्टर नवीन खतिवडा तथा हिल्सा बिओपीका इन्सपेक्टर सुरज केसीमाथि कारबाही सुरु भएको हो । उनीहरुले माथिल्लो निकायबाट अनुमति समेत नलिई सीमा जस्तो संवेदनशील विषयमा सञ्चारमाध्यममा आफ्नो अभिव्यक्ति दिएका थिए ।

सीमाको विषयमा नबोल्न सशस्त्र प्रहरीले आफ्ना कर्मचारीलाई बारम्बार परिपत्र गर्दै आएको छ । तर, बाहिनीहरुमा चेन अफ कमाण्ड बलियो हुन नसक्दा जभाभावी बोल्ने प्रवृत्ती देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्